लेखनाथ चिनाउन महोत्सवको सुरुवात गरेका हौं

चन्द्रकृष्ण कर्माचार्य
संस्थापक अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथको पहिचान गराउन हामीले लेखनाथ महोत्सवको शुरुवात गरेका हौं । शुरुका दिनमा लेखनाथ कहाँ छ भन्ने कुरा धेरैलाई थाहा थिएन । लेखनाथ भनेको पोखराको पूर्वी क्षेत्र हो भनेर पहिचान गराउन महोत्सवको शुरुवात गरेका हौं । साच्चै नै महोत्सव अहिले लेखनाथको पहिचान बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै लेखनाथ क्षेत्र परिचित भएको छ । लेखनाथमा आर्थिक गतिविधी वृद्धि गर्नको लागि पनि महोत्सवको शुरुवात गरिएको हो । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुको प्रवद्र्धनको लागि पनि महोत्सव आवश्यक थियो । यसले उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याएको छ ।

महोत्सवमा परिवर्तनको आवश्यकता महसुस गरी परिमार्जन गर्दै अगाडि बढेका छौं । लेखनाथ तथा यस आसपासका क्षेत्रमा पहिचान भएका पर्यटकीय स्थलको प्रवद्र्धन गर्नु आवश्यक छ । तालसँगै अन्य रमणीाय स्थल पनि लेखनाथमा छन् । ठुलाकोट, रुपाकोट, कालिका लगायतका स्थान धेरै राम्रा छन् । यी क्षेत्रको प्रवद्र्धनसँगै पर्यटन व्यवसाय पनि फस्टाउने छ । होटल व्यवसाय पनि विस्तार भएको छ । पर्यटकले उपभोग गर्ने वस्तुको उत्पादन तर्फ लाग्नु आवश्यक छ ।

औद्योगिक क्षेत्रको स्थापना पनि लेखनाथको आवश्यकता हो । यसलाई पनि महोत्सवको उद्देश्यमा समेटेर अगाडि बढेका छौं । मानिसको भिडभाड जम्मा गर्न तर्फमात्र नलागी उद्देश्य पुरा गर्नतर्फ लाग्नुपर्छ । अहिले सम्मका महोत्सव सफल भएका छन् । महोत्सवलाई निरन्तरता दिइरहेका छौं । संस्थापक अध्यक्षको हैसियतले पनि म अहिले सम्मका अध्यक्ष, पदाधिकारी तथा सदस्यका साथै सम्पूर्ण लेखनाथबासीलाई धन्यवाद दिन चाहन्छु । महोत्सव गर्नुपर्छ भनेर स्थानीय सबै लाग्नुभएको थियो । सबैको साथ र सहयोगले नै अहिलेको अवस्थामा आएका हौं ।

You might also like

Comments are closed.