लेखनाथ पत्रकारिता पुरस्कार अधिकारीलाई

 

लेखनाथ, १२ पुस ।

लेखनाथ पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको लेखनाथ पत्रकारिता पुरस्कार यस बर्ष कान्तिपुर टेलिभिजनका पत्रकार बसन्तराज अधिकारीलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिको विहिवार बसेको बैठकले अधिकारीलाई पुरस्कार दिने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनबाट पत्रकारीता सुरु गरेका अधिकारी विगत १२ वर्ष देखि निरन्तर रुपमा पत्रकारीता क्षेत्रमा क्रियासिल छन् ।

मञ्चका सल्लाहकार भरत प्रसाद तिवारीको संयोजकत्वमा गठित पुरस्कार छनोटमा मञ्चका अध्यक्ष भिमपाणी बराल, पोखरा महानगरपालिका प्रतिनिधि राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र मञ्चका कोषाध्यक्ष सन्दीप पौडेल रहेका थिए ।

उक्त पुरस्कार कविशिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीको मुल समारोह पुस १५ गते प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार एक सय ११ दोसल्ला र सम्मान पत्र रहने छ ।

You might also like

Comments are closed.