लेखनाथ महोत्सवको आज छैटौं दिन, दमन, प्रीतिदेखि दुर्गेसको प्रस्तुति

आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सव अन्तर्गत आज मंगलबार राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुत रहनेछ ।

महोत्सवमा आज लोकदोहोरीतर्फ प्रीति आले र सरस्वती लामिछाने, राजन गुरुङ, जीवन शर्मा लगायतको प्रस्तुति रहने प्रचारप्रसार संयोजक उपेन्द्र राज सुवेदी राजुले जानकारी दिए । हास्यतर्फ दमन रुपाखेती, शिवहरि वैरागीको प्रस्तुति रहँदा लाइभ तथा पप कन्सर्टतर्फ दुर्गेश थापाले मञ्च तताउनेछन् ।

अन्य दिनमा जस्तै मंगलबार पनि महोत्सव स्थलमा दर्शकको भिड लाग्नेमा आफूहरु विश्वस्त रहेको द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले बताए । ‘पाँचौं दिनसम्म प्राप्त सफलताबाट हामी उत्साही छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यही उत्साह कायम रहनेछ ।’

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ सञ्चालित महोत्सवमा राखिएको रत्यौली गीत पनि दर्शकको आकर्षण बनिरहेको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.