लेखनाथ महोत्सवको तयारी तिब्र, स्थानीय उत्पादनको प्रवद्र्धन गरिने

आर्थिक आवाज
लेखनाथ, १ पुस । लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पुस ५ गतेदेखि हुने ‘१५ औँ लेखनाथ महोत्सव’मा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताम राखिने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

‘महोत्सव मार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नेछौं,’ उनले भने, ‘कृषिका उत्पादनलाई प्राथमिकता राखिएको छ ।’ महोत्सवमा राखिने स्टलहरुमा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । ‘महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिनेछ,’ उनले भने ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । ‘पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन्,’ उनले भने । महोत्सवमा ३ सय ५० वटा स्टल रहनेछन् ।

‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवबाट एक करोड २५ लाख रुपैयाँ आम्दानी गरी ९० लाख रुपैयाँ खर्च कटाउँदा ३५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अनुमानित लक्ष्य छ । महोत्सवमा १५ देखि २० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

बचत रकमबाट कृषि उपज खरिद बिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तर उन्नति गरिने वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए । ‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा बचत रकम खर्च गरिन्छ,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...