लेखनाथ महोत्सवको तेश्रो दिन, उर्लियो जनसागर

लेखनाथ , ७ पुस ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १५ औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिवार परेकाले दर्शकको उल्लेख्य सहभागीता थियो ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा महोत्सवमा करीव ३ करोड ३० लाख रुपैयाको आर्थिक कारोवार भएको महोत्सवका आर्थिक संयोजक राजेन्द्र ओझाले जानकारी दिए । शनिवार मात्र करीव ७० हजार दर्शकको उपस्थिति रहेको उनले बताए ।

महोत्सव कै मुख्य आर्कषणको रुपमा रहेको मौलिक परम्परागत रत्यौली गीत प्रतियोगिताले दर्शकको ध्यान तान्न सफल भएको छ । महोत्सवको तेश्रो दिन शनिवार त्यसमा पनि नारी सम्मानका लागि संस्कृति जगेर्ना गर्न आयोजित रत्यौली गीतले हजारौं दर्शकको मन जित्न सफल भयो ।

नेपाली नारी र महिलाले रातमा खेल्ने मनोरन्जक मौलिक गीत रत्यौली लिएर जव प्रतियोगी समुह स्टेजमा पुग्थे त्यसले दर्शकहरुको ध्यान आकर्षण गर्न सफल भएको देखिन्यो ।

त्यसैगरी शनिवार नै विभिन्न राष्ट्रिय ख्याति प्राप्त दोहोरी गायक कलाकारहरुको प्रस्तुतीले महोत्सवमा दोहोरीका पारखीहरु हाँसो र खुसीका साथ रमेको पाइन्थ्यो ।त्यसैगरी साँझपख पपकन्सर्ट अन्तर्गत चर्चित कलाकार दिपक बज्राचार्यको बेजोड प्रस्तुतीले थप मनोरन्जन प्रदान गरेको कलाकार व्यवस्थापन संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।

पुस १६ गते सम्म संञ्चालन हुने महोत्सवमा राखिएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता अन्तरगत छनोटमा परेका सात जना विद्यार्थीको प्रस्तुती पनि रोचक देखिन्थ्यो ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने विश्वास लिईएको छ भने वचत रकमवाट कृषि उपज खरिदबिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तरोन्नति गरिने भएको छ । महोत्सवले समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउने उदेश्य राखिएको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।

You might also like

Comments are closed.