लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा कविता प्रतियोगिता, ढकाल भए प्रथम

आर्थिक आवाज
लेखनाथ २, पुस । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ सस्थाको सहयोग र सहभागितामा हुन लागेको १५ औं सस्करणको लेखनाथ महोत्सवको पूर्व सन्ध्यामा कविता प्रतियोगिता सम्पन्न भएको छ । आयोजित कविता प्रतियोगितामा केआर ढकाल प्रथम भएका छन् ।

प्रतियोगितामा विवेचना घिमिरे द्वितीय, प्रेम नारायण ढकाल तृतीय भए । श्रीराम अधिकारी, शान्ता वास्तोला, सुरेश अधिकारी र देशवन्धु आचार्य सान्त्वना भएको कविता प्रतियोगिता संयोजक नवराज अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा निर्णायकतर्फ साहित्यकार तथा क्याम्पस प्रमुख रामजी लामिछाने (संयोजक) साहित्यका तथा समालोकयक एवं गण्डकी साहित्य संगमका अध्यक्ष डा कृष्णराज अधिकारी साहित्यकार तथा प्राध्यापक आनन्दमणि रिजाल रहेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी’ नाराका साथ पुस ५ गतेदेखि १६ गतेसम्म पोखरा महानगरपालिकाको वडा नं. २७ डाँडाकोनाक तालचोकमा हुने महोत्सव अन्तिम तयारीमा जुटेको प्रचारप्रसार संयोजक गोपिचन्द्र वास्तोलाले जानकारी दिए । लेखनाथ महोत्सवमा राखिएका विभिन्न विधा अन्तर्गत कबि शिरोमणिको सम्झनामा राखिएको खुल्ला कविता प्रतियोगिताबाट विजयीहरुले महोत्सवको स्टेजमा वाचन गर्ने सहसंयोजक अम्विका प्रसाद भट्टराईले जानकारी दिए ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सव अन्तर्गत राखिएका विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता गण्डकी तारा ‘गायन’ विधामा हुने आयोजकले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.