आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६औं संकरणको लेखनाथ महोत्सवलाई एड्भान्स गु्रपको एड्भान्स सिमेन्टले साथ दिएको छ । महोत्सवको मुख्य प्रायोजकमा एड्भान्स सिमेन्टले निरन्तरता दिएको हो ।
मुख्य प्रायोजकको सम्झौतापत्रमा एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले र संघको तर्फबाट द्वितीय उपाध्यक्ष एवं प्रायोजक व्यवस्थापन संयोजक राजेन्द्र ओझाले हस्ताक्षर गरेका छन् । पुस ३ गतेदेखि १५ गतेसम्म संचालन हुने महोत्सवको तयारीका क्रममा संघले प्रायोजकहरुसँग सम्झौता गरिरहेको ओझाले जानकारी दिए ।
‘मुख्य प्रायोजकमा एड्भान्स सिमेन्टको साथ मिलेको छ,’ ओझाले भने, ‘अन्य प्रायोजकहरुसँग पनि सम्झौता हुने क्रम जारी छ ।’ महोत्सवको तयारीलाई तिब्र बनाइएको संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।



Comments are closed.