लेखनाथ महोत्सवमा आज कमलाको विशेष प्रस्तुति

आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा आज बुधबार बाल कलाकार कमला घिमिरेको विशेष प्रस्तुति रहने भएको छ । सानो उमेरमा लोकदोहोरीका क्षेत्रमा निकै प्रशिद्ध बनेकी कमला आज लेखनाथ महोत्सवको मुख्य आकर्षण बन्नेछिन् ।

कमलाको प्रस्तुति हेर्नका लागि महोत्सवमा दर्शकको अत्याधिक मिड लाग्ने विश्वास गरिएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ पुस ३ गते सुरु भएको महोत्सवमा मनोरञ्जनदेखि आफूलाई आवश्यक पर्ने घरयासी सामान तथा नयाँनयाँ ज्ञान, सिप र प्रविधीको सिको गर्न पाइने भएकाले महोत्सव दर्शकको आकर्षण बनेको अध्यक्ष बलराम ढकालले बताए ।

You might also like

Comments are closed.