लेखनाथ महोत्सवमा आज लाहुरेको प्रस्तुति

आर्थिक आवाज
लेखनाथ, १० पुस । लेखनाथ महोत्सव जारी छ । महोत्सवको नवौं दिन आज शुक्रबार पप लाइभ कन्सटमा लाउरे (आसिस राना)को विशेष प्रस्तुति रहने भएको छ । हरेक दिन फरकफरक प्रस्तुति प्रस्तुत भइरहेको महोत्सवमा शुक्रबार लाहुरेले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

हाउडे माया र सन्तोष वस्याल तथा दोहोरीतर्फ देवी घर्ती, राजु गुरुङ, दुर्गा सापकोटा, तारापति सुवेदी, मिरा पोखरेल र रमेशवावु थापा लगायत कलाकारको प्रस्तुति रहने प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

लोकप्रिय हास्य कलाकारको प्रहसन पनि रहने स्टेस संयोजक नेत्रपाणि बास्तोलाले बताए । महोत्सवमा दर्शकको चापसँगै कारोवारमा पनि वृद्धि भइरहेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

You might also like

Comments are closed.