लेखनाथ महोत्सवमा कमलाको हमला ! बुधबार २५ हजार दर्शक

आर्थिक आवाज
लेखनाथ । लेखनाथ महोत्सवको सातौं दिन बुधवार थामी नसक्ने दर्शकको भीड लागेको छ । कारण थियो बाल लोक दोहोरी गायिका कमला घिमेरेको प्रस्तुति ।

कमलालाई महोत्सवको स्टेजमा प्रत्यक्ष रुपमा हेर्न पाइने भए पछि बुधबार दर्शकको आकर्षण बढेको हो । मध्यान्न तिर महोत्सव छिरेकी कमलाको पहिलो प्रस्तुति जीवन दाहालसँग पिपलुलाई बर छैन मलाई डर .भन्ने र त्यस पछि शिवहरि ढुगानासँगको चिया छानेको बोलीले हसाउन कति जानेको .भन्ने बोलको गीत र अन्तिममा राजु परियारसंगको दोहोरीमा कमलाको दमदार प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन दिएको थियो ।

उमेरले ११ वर्ष भए पनि आफ्ना बाबु सरवरका लोक दोहोरी गायकहरुलाई पछि पार्ने गरी कमलाको प्रस्तुतिमा दर्शकहरु हौसी हौसी आफू बसेकै ठाउँबाट उठेर नाच्न पनि पछि परेका थिएनन् ।

फरक फरक दिन फरक फरक प्रस्तुतिले तताएको महोत्सवको सातौ दिन क्रिसमसको दिन परेकाले पनि महोत्सव स्थलमा दर्शकको चाप बढेपछि आयोजकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे नै परेको देखिन्थ्यो । दर्शकहरुको व्यवस्थापन गर्न दुई ठाउँबाट आपतकालीन ढोका खेलेर दर्शकलाई बाहिर पठाउन बाध्य भएको संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

टिकट बिक्री कक्षबाट बिक्री भएका टिकट र विभिन्न तहका पासका आधारमा गरिएको मुल्याङकनका आधारमा बुधबार मात्र करिव २५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म एक लाख ७० हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरिसकेका आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको बताए ।

दर्शकको चाप सँगसगै आर्थिक कारोवारमा पनि बृद्धि भएको संघका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए । बुधबार मात्र एक करोड २५ लाख रुपैयाँ बरावरको आर्थिक कारोवार भएको उनले बताए । हालसम्म करिव आठ करोड २५ लाख रुपैयाँ वरावरको कारोवर भइसकेको बताइएको छ ।

विद्यालय स्तरीय नृत्य, मातृशक्तिको सम्मानमा रत्यौली साथमा ख्याति प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, हास्य प्रहसन र साँझमा युवा युवतीहरुलाई लक्षित पप कन्र्सट तथा मोडल डान्सले महोत्सवलाई थप रोचक बनाएको प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्र राज सुवेदी (राजु)ले बताए ।

You might also like

Comments are closed.