लेखनाथ महोत्सवमा दर्शकको भिड, आयोजक उत्साही

आर्थिक आवाज
लेखनाथ, १२ पुस । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सवमा १६औं संस्करणको लेखनाथ महोत्सव जारी छ । शनिवार दशौ दिन महोत्सवमा दर्शकको अत्याधिक भिड लाग्यो । दर्शकको भिडले व्यवस्थापनमा आयोजकलाई हम्मेहम्मे परेकोे थियो । दर्शकको अत्याधिक सहभागितासँगै आयोजक उत्साही भएका छन् ।

पुस १५ गतेसम्म चल्ने महोत्सव अन्तिम चरणमा पुगेको छ । शनिबार बिदा परेकाले जनसागर नै उर्लिएको हो । शनिबार मात्रै करिव ५० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघको दावी छ । अहिलेसम्म आइपुग्दा करिव दुई लाख ५० हजार र दर्शक मेला प्रबेश गरिसकेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

१०औं दिन महोत्सव स्थल परिसरमा सुरक्षा निकायलाई दर्शको भीड व्यवस्थापन गर्न हम्मे हम्मे समेत भएको थियो । टिकट काउन्टर भीड व्यवस्थापन गर्न थप वाहिर टिकट काउन्टरको व्यवस्थापन गर्नुपरेको थियो ।

दर्शकको चाँपसगै कारोवारमा पनि उल्लेख्य रुपमा बृद्धि भएको छ । महोत्सवमा आउने दर्शकहरुले हातमा केही न केही लिएर फर्कने गरेको देखिन्थो । महोत्सवको दशौं दिनमा २ करोड रुपैयाँ वरावरको आर्थिक कारोबार भएको र शनिबारसम्मको १२ करोड ७५ लाख बरावरको आर्थिक कारोवार भएको संघका कोषाध्यक्ष जानुका अधिकारी बताइन् ।

महोत्सवको अर्को थप आकर्षणका रुपमा रहेको विद्यालय स्तरीय नृत्यले पनि महोत्सवलाई थप रोचक बनाएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुबेदी (राजु) ले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...