लेखनाथ महोत्सवमा शनिबार दीपक बज्राचार्यको विशेष प्रस्तुति रहने

आर्थिक आवाज
लेखनाथ, ६ पुस ।

सात तालको बाटिका शहर लेखनाथमा जारी लेखनाथ महोत्सवमा शनिबार कलाकार दीपक बज्राचार्यको विशेष प्रस्तुति रहने भएको छ । शनिबार साँझको कन्सर्टमा लोकप्रिय कलाकार बज्राचार्यको सांगीतिक प्रस्तुतिमा दर्शकहरु रमाउने अवसर आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जुराएको हो ।

बज्राचार्य सांस्कृतिक टोलीसहित महोत्सवमा प्रस्तुत हुनेछन् । उनले आफ्ना प्रशिद्ध गीतहरु महोत्सवमा गाउने संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । ‘शनिबार दिउसो पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ,’ उनले भने ।

यता महोत्सवको दोस्रो दिन शुक्रबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए । ‘दर्शकको उपस्थितिले हामीलाई उत्साही बनाएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि दर्शकको उपस्थिति बाक्लो हुनेछ ।’ कास्कीसहित वरपरका जिल्लाबाट पनि महोत्सवको अवलोकन गर्न दर्शकहरु आउने क्रम जारी रहेको अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.