लेखनाथ । समग्र पोखरा उपत्यकाको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको १६ औं सस्करणको लेखनाथ महोत्सवमा शैक्षिक प्रदर्शनी गरिने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा पौष ३ गतेदेखि १५ गतेसम्म आयोजना हुन लागेको महोत्सवमा विद्यार्थीहरुलाई मध्यनजर राख्दै विद्यालय स्तरीय शैक्षिक प्रदर्शनी तथा नृत्य÷गायन कार्यक्रम संचालन गरिने भएको हो ।
लेखनाथ महोत्सव अन्तर्गतको विद्यालय स्तरीय नृत्य कार्यक्रम उप–समितिको बुधबार बसेको बैठकले महोत्सव स्थल भित्र विद्यार्थीहरुलाई प्राविधिक र शैक्षिक ज्ञान उपलब्ध गराउने उद्देश्यले विद्यालय स्तरीय शैक्षिक प्रर्दशनी गर्ने निर्णय गरेको हो ।
विद्यालय स्तरीय नृत्य कार्यक्रम उपसमितिका संयोजक ध्रुवबावु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र कोषाध्यक्ष जानुका अधिकारी र प्याव्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा लगायतले महोत्सवलाई प्रभावकारी तरिकाले संचालन गर्न सवैको साथ र सहयोग अपरिहार्य भएको धारणा राखेका थिए ।
कार्यक्रममा कास्की जिल्ला अन्तर्गत रहेका सामुदायिक तथा निजी बिद्यालयका प्राचार्य तथा प्रतिनिधीहरुको सहभागिता थियो ।




Comments are closed.