लेखनाथ महोत्सव जारी, आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति

आर्थिक आवाज
लेखनाथको तालचोकमा १५औं संस्करणको लेखनाथ महोत्सव जारी छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ पुस ५ गते सुरु भएको महोत्सवमा दिन प्रतिदिन दर्शकको चाँपसँगै र्र्र्र्र्र्र्आिर्थक कारोबारमा पनि बृद्धि हुँदै गएको छ ।

महोत्सवको सातौं दिन बुधबार मात्र करिव १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म दर्शकको संख्या एक लाख ५० हजार र बुधवार मात्र करिव एक करोड रुपैया बरावरको आर्थिक कारोवार भएको र हालसम्म नौ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

मनोरञ्जनको साथमा महोत्सवमा राखिएका करिव तीन सय ५० बटा स्टलबाट उल्लेख्य रुपमा कारोवार हुँदा स्टल संचालनकहरु पनि खुशी देखिएको स्टल अनुगमन तथा मुल्याङ्कन उपसमितिका संयोजक सूर्यमणि लामिछानेले जानकारी दिए ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउदै एउटै थलोमा उपभोक्तादेखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व बृद्धिसँगै उत्पादित बस्तुको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी तारामा छनोट भएका १६ जना प्रतिस्पर्दीहरु मध्ये बुधवार टप १२ छनोटमा परेको प्रतियोगिताका संयोजक ऋषिराम जमकट्टेलले जानकारी दिएका छन् ।

महोत्सवमा दैनिक रुपमा प्रस्तुत हुने ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, नारी सम्मानका लागि राखिएको रत्यौली गीत प्रतियोगिता, हाँस्य प्रहसन र साझँमा युवा युवतीहरुलाई लक्षित गर्दै राखिने पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालको भनाई रहेको छ ।

यसैबीच महोत्सवको आठौं दिन आज बिहीबार लोकदोहोरी तर्फ पुस्कल शर्मा, तारापति सुवेदी, सिर्जु अधिकारी, शिव हमाल, पार्वती जि. सी, आयुष परियार, रेखा गुरुङ र बबिता बानियाको प्रस्तुती रहने छ । पप कन्र्सट तर्फ सहिमा श्रेष्ठ र रमेशराज भटराईको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।

You might also like

Comments are closed.