लेखनाथ महोत्सव : झाँकीको लस्करसहित उर्लियो जनसागर

सुरेन्द्र पौडेल
पोखरा, ५ पुस । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १५औं संस्करणको लेखनाथ महोत्सवका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडा कार्यक्रम स्थलमा १२ बजे नै आइपुगेका थिए । स्कटिङ गरेको गाडीमा महोत्सवस्थलको गेटसम्म पुगेका खतिवडा गाडीबाट झरे र झाँकी ¥यालीको अगाडिअगाडि स्टलहरुको अवलोकन गर्दै स्टेजतर्फ बढे । कार्यक्रम सञ्चालक संघका महासचिव भरतकुमार अधिकारीले प्रमुख अतिथि खतिवडासहित अतिथिहरुलाई आसनग्रहण गराए । मञ्च भरी अतिथिहरु भरिए ।

आसनग्रहण सँगैसँगै महोत्सव स्थलमा धमाधम झाँकी ¥यालीको लस्कर अगाडि बढिरह्यो । ¥याली सकिएपछि कार्यक्रमको औपचारिक समुद्घाटन गर्ने आयोजकको चाहना हुनु स्वभाविकै हो । संघका सल्लाहकार नेत्रपाणि बास्तोला र महासचिव अधिकारीले पालैपालो साँझी ¥यालीका व्यानर हेर्दै समूहको नाम उच्चारण गरिरहे । जति नाम उच्चारण गर्छन् उति ¥याली आउने क्रम बढिरह्यो ।

महोत्सव स्थलमा ¥याली आउने क्रम साढे २ बजेसम्म पनि सकिएन् । कार्यक्रमका प्रमुख अतिथिसहित अन्य अतिथिहरु घडी हेरिरहेका छन्, तर ¥याली सकिने सुरसार भएन । ¥यालीलाई बीचमै एकछिन रोक्न आयोजक बाध्य भयो । ¥याली रोकेर राष्ट्रिय गान बजाइयो । राष्ट्रिय गीत बजुञ्जेल रोकिएको ¥याली फेरी सुरु भयो । प्रमुख अतिथिलाई कार्यक्रमको औपचारिक उद्घाटन गर्न लगाइयो । ¥याली आउने क्रम भने अझै जारी नै छ । करिब ३ घन्टासम्म महोत्सव स्थलमा ¥याली भित्रिने क्रम जारी रह्यो । लेखनाथ महोत्सवमा कति जनसहभागिता छ भन्ने प्रमाण बिहीबार सुरु भएको लेखनाथ महोत्सवको उद्घाटनले प्रमाणित गरेको छ ।

महोत्सवको पनि महोत्सव भनेर लेखनाथ महोत्सवलाई आयोजकले त्यसै दावी गरेका होइनन् भन्ने प्रमाण पनि हो त्यो ¥याली र जनसहभागिता । महोत्सवमा आयोजकले सोचेको भन्दा पनि बढी जनसभागिता देखियो । महोत्सव उद्घाटनका अवसरमा करिब ५ सय वटा झाँकी ¥याली सहभागी भए, त्यो पनि फरक फरक पहिचान र छुट्टाछुट्टै ब्यानरमा । उद्घाटनमा देखिएको व्यापक जनसभागिताबाट आयोजक निकै उत्साही देखिए । यो व्यापक जनसहभागितालाई आगामी वर्ष पनि जोगाई राख्नु नै लेखनाथ उद्योग वाणिज्य संघको प्रमुख चुनौति हो ।

उद्घाटनका दिन देखिएको जनसहभागिताबाट आफूहरु निकै उत्साही भएको महासचिव अधिकारीले बताए । ‘महोेत्सव अवधिभर व्यापक जनसहभागिता रहनेछ,’ उनले भने, ‘लेखनाथबासीको साथबाट हामी उत्साही छौं ।’ लेखनाथसहित आसपासका गाउँपालिकाबाट समेत महोत्सवमा ¥याली सहभागी भएको कार्यसम्पादन समिति सदस्य एवं महोत्सव संघ संस्था, महिला÷आमा समूह समन्वय उपसमिति संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।

बिहीबार सुरु महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ३ सय ५० वटा स्टल छन् । ‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ आयोजित महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । ‘महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिएका छन्,’ उनले भने ।

महोत्सवको ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । एक करोड २५ लाख रुपैयाँ आम्दानी गरी ९० लाख रुपैयाँ खर्च कटाउँदा ३५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अनुमानित लक्ष्य छ । महोत्सवमा १५ देखि २० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । बचत रकमबाट कृषि उपज खरिद बिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तर उन्नति गरिने वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए । ‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा बचत रकम खर्च गरिन्छ,’ उनले भने ।

You might also like

Comments are closed.