लेखनाथ महोत्सव समापानको समापन आज, अपेक्षा भन्दा बढी महोत्सव सफल

आर्थिक आवाज
लेखनाथ । समग्र गण्डकी प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले पुस ३ गतेदेखि संचालित १६औं लेखनाथ महोत्सव मंगलबार (आज) समापन हुँदैछ । महोत्सव अपेक्षा भन्दा बढी सफल भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले बताए ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि नाराका साथ लेखनाथको तालचोकमा संचालित महोत्सवले विगतका जस्तै यस वर्ष पनि लक्ष्य भन्दा राम्रो सफलता हात पार्न सफल भएको उनको भनाइ छ । महोत्सवको आज गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट समापन गर्ने कार्यक्रम रहेको संघकी कार्यालय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिइन् ।

सवै खालका दर्शकहरुलाई हुने गरी राखिएको स्टेज कार्यक्रम र महोत्सव स्थलमा भएका तीन सय ४० वटा स्टलमा सवै प्रकृतिका सामानहरु पाउने गरि ब्यवस्थापन गरिएकाले यस वर्षको महोत्सवले दर्शकको मन जित्न सफल भएको संघका निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीको भनाई रहेको छ ।

उत्पादक र उपभोक्तालाई एक ठाउँमा भेटाउने गरि राखिएको महोत्सव समापनको अन्तिम दिन दर्शकहरु विशेष गरि किनमेलमा नै ब्यस्त देखिन्थे । विषेश गरि जाडोमा प्रयोग हुने कपडा, दैनिक उपभोग्य वस्तु, भाडवर्तन, कृषि उत्पादनका स्टलमा दर्शकको चाँप बढि रहेको देखिन्थ्यो ।

समापनको संघारमा रहेको महोत्सवको १२ औं दिन करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म दुई लाख ८० हजार दर्शकले मेलाको अवलोकन गरेको र कारोवारमा पनि अघिल्ला दिनको तुलनामा बृद्धि भएकोले सोमवार मात्र करिव एक करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड २५ लाख वरावरको कारोवर भइसकेको संघका कोषाध्यक्ष जानुका अधिकारीले बताइन् ।

You might also like

Comments are closed.