लेखनाथ महोत्सव सम्पन्न, अपेक्षा भन्दा बढी सफल भयोः आयोजक

आर्थिक आवाज
लेखनाथ, १६ पुस । पुस ५ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालित १५औं संस्करणको लेखनाथ महोत्सवले अपेक्षाकृत सफलता हात पार्दै सोमबारदेखि सकिएको छ । १२ दिनसम्म चलेको महोत्सवमा आयोजकले अनुमान गरेको दर्शकको संख्या र आर्थिक कारोबारलाई नाग्दै अहिलेसम्म कै उत्कृष्ठ महोत्सवका रुपमा स्थापित भई सफतापुर्वक सकिएको आयोजकको दावी छ ।

‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि’ नाराका साथ शुरु भएको महोत्सव अवधिभर करिव तीन लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेको र करिव १८ करोड वरावरको आर्थिक कारोवार भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए ।

तीन लाख दर्शक र १५ करोड वरावरको आर्थिक कारोबार हुने अनुमान आयोजकको थियो । महोत्सव अवधिभर सबैको साथ र सहयोगले सोचेभन्दा बढि सफलता हात पारेको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए ।
महोत्सव समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनमा सहयोग मिलेको र उत्पाददेखि उपभोक्तालाई एउटै थलोमा जम्मा गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा सहयोगी शिद्ध भएको धारणा राखेका थिए ।

MANASLU

महोत्सवको आयोजक लेखनाथ उद्योग वाणिज्य संघ भए पनि यहाँ रहेका सामाजिक संघ संस्थादेखि स्थानीयबासी सबैले आफ्नो महोत्सवका रुपमा लिएकाले यो महोत्सव पोखरा कै ब्राण्ड भएको बिचार राख्दै प्रमुख जिसीले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको हुँदा यस्ता मेला र महोत्सवले आर्थिक चलायमान हुने र देश समुन्नतको बाटो तर्फ अगाडि बढ्न सहयोगी हुने कुरामा जोड दिएका थिए ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जिव बहादुर कोइराला, मादी गाउँपालिकाका अध्यक्ष बेदवहादुर गुरुङ श्याम, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, सम्पूर्ण महिलाहरुको तर्फबाट जानुका अधिकारी, संघका महासचिव भरतकुमार अधिकारी र प्रथम उपाध्यक्ष छत्रधर आत्रेय लगायतले आआफ्नो धारणा राखेका थिए ।

यसैबीच महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत राखिएको गायन विधाको गण्डकी तारा प्रतियोगितामा पोखरा ३० का निशान बराल गण्डकी तारा २०७५ हुन सफल भएका छन् । द्वितीयमा पोखरा १० का राम गुरुङ, तृतीय पोखरा ५ का वसन्त थापा र सान्त्वना चितवनका खुसी परियार भएको प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिएका छन् ।

रत्यौली गीत प्रतियोगितामा आवासनगर आमा समुह पोखरा २७ प्रथम भएको छ भने नमुना कृर्षक आमा समूूह पोखरा २६ द्वितीय, खराने ताजा तरकारी कृषक समूह पोखरा २७ तृतीय र अन्नपूर्ण आमा समूह पोखरा ३२ ले सान्त्वना स्थान हासिल गर्न सफल भएको हो । यता महोत्सवमा राखिएको झाँकी ¥याली प्रदशनीमा तमु प्हेल्हु संघ स्याङ्जाली तमु समाज प्रथम, नेपाल मगर संघ सैनिकबस्ती ईकाइ समिति द्वितीय, नेपाल मगर संघ बुढिबजार ईकाइ समिति तृतीय र सिशुवा नेवाः खल सान्त्वना भएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...