लेखनाथ साना सहरी खानेपानीको स्थापना दिवसमा फुलवारी अभियान

 

लेखनाथ ।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले घर घरमा हरियाली सवै कार्यालयमा फुलवारीको अभियानलाई अगाडी सारेको छ ।

सस्थाको १९ औं स्थापना दिवसको अवसर पारेर सवैै प्रकारका कार्यालयहरुमा अनिवार्य रुपमा फुलवारीको ब्यवस्था गरि हरियाली वनाउनु पर्ने सुझाव सहित कार्यायोजनालाई अगाडी वढाएको हो ।

स्थापना दिवस कै अवसर पारेर सस्थाले विहिवार आफ्ना मातहतका कार्यालय परिसरमा फुलवारी बगौचा निर्माण गरि विरुवा लगाएको हो भने सस्थाको केन्द्रिय कार्यालय खुदीमा पानीको फोहोरा निर्माण स्थलको शिलन्यास गरिएको छ ।

सस्थाका अध्यक्ष विष्णु बरालले शिलन्यास गरेको कार्यक्रममा सस्थाका उपाध्यक्ष हरिप्रसाद लामिछाने, सचिव मुरारी शर्मा, कोषाध्यक्ष रक्षा भटराई, क्षेत्रिय संयोजक बासुदेव लामिछाने लगाएतले सवैको साथ र सहयोगले सस्थाले उपभोक्तालाई शुद्ध र सफा पानी खुवाउन सफल भएको विचार राखेका थिए ।

सस्थाको १९ औं स्थापना दिवस कै अवसरमा भवानीकालिका मा.वि परिसरको बोरिङ,लप्सीडाँडा पानी ट्याङकी,बेगनास सहलगानी कार्यालय, पिपलसारे सहलगानी कार्यालय, अर्चले ठुली पोखरी र डाडाकोनाक पानी ट्याङकीकार्यालय परिसरमा फुलका विरुवा लगाउने काम भएको हो ।

You might also like

Comments are closed.