ल्वाङमा २८ औँ चैते दशैँ मेला जारी, भलिबल उपाधिका लागि घान्दु्रक र तप्राङ भिड्ने

सुशान्त गाहा मगर
पोखरा, २६ चैत । कास्कीको पर्यटकिय ल्वाङ गाउँमा जारी ‘२८ औँ चैते दशैँ ऐतिहासिक मेला २०७५’ मा गाँउ स्तरिय पुरुष भलिबलको उपाधिका लागि घान्दु्रक र तप्राङ भिड्ने भएका छन् । उनीहरु बुधबार दिउसो १२ बजे उपाधिका लागि भिड्ने प्रतियोगिताका खेल संयोजक तथा राष्ट्रिय भलिबल रफ्री अनिल गुरुङले जानकारी दिए ।

उनका अुनसार मंगलबार ल्वाङ खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा अर्मला युवा क्लबलाई २५–१०, २५–१८ र २५–१८ को सोझो सेटले पाखा लगाउदै घान्दु्रक फाईनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाईनल खेलमा जुरे भुमी युुवा क्लब तप्राङले आयोजक टिमलाई २८–२६, २५–२२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै घान्दु्रकसँगको भेट पक्का गरेको गुरुङले बताए । उनले क्लब स्तरिय महिला भलिबलको सेमिफाईनल तथा फाईनल खेल बुधबार सञ्चान हुने जानकारी दिए ।

कुल २८ टिमको सहभागिता रहेको सो प्रतियोगितको पुरुष भलिबल तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार हात पार्नेछ । त्यसैगरी क्लब स्तरिय महिला तर्फको बिजेता टिम र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाण पत्र सहित क्रमश २६ हजार र १६ हजार प्रदान गरिने गुरुङले बताए । मंगलबार सन्ध्याकालिन प्रहरमा राष्ट्रिय लोक तथा दोहोरी गायक राजन गुरुङ, हास्यकलाकार उमेश राई ‘फुलन्देकी आमा’ तथा लालीगुँरास युवा क्लब भुजुङका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.