वडाको निर्णय अवज्ञा गर्नेलाई कारवाही गरिने

पोखरा, २३ पुस ।
वडा अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा पोखरा ५ नं. वडा कार्यालयको ४० औं पर्ण बैठकले पार्क र सार्वजनिक जग्गा सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ ।

पोखरा ५ पस्र्याङको लायन्स चिल्ड्रेन पार्कलाई अन्नपूर्ण लायन्स क्लवको योगदानलाई नमेटिने गरी नाम संशोधन गरी पस्र्याङ बगैंचा पार्क नामाकरण गर्ने निर्णय सहित पार्कलाई आधुनिक र आकर्षक बनाउने निर्णय गरेको छ ।

पोखरा ५ स्थित सार्वजनिक जग्गा पर्ति जग्गाका व्यक्तिले दावी गरेका तर व्यक्तिको स्वामित्वमा नआइसकेका जग्गाको संरक्षण गर्न टोलसंस्था, आमा समूह, सचेत नागरिकमा सहयोगका लागि अपिल गर्ने र महानगरपालिका वडाको निर्णयलाई अवज्ञा गर्ने माथि कारवाही गर्ने तथा सार्वजनिक सम्पत्ति संरक्षणमा कडाइका साथ लाग्ने निर्णय समेत गरेको छ ।

You might also like

Comments are closed.