वडा कार्यालयद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

तनहुँ २०,पुस ।
जाडो बढेसँगै तनहुँको व्यास नगरपालिकाका वडा कार्यालयले सामुदायिक विद्यालयहरुमा न्यानो कपडा वितरण अभियान थालेको छन् ।
यसैबिच व्यास नपा वडा नं २ ले शुक्रवार आर्थिक रुपमा कमजोर  विद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ ।

वडा कार्यालयले व्यास २मा रहेको बालमन्दिर माध्यमिक विद्यालयका ४३ जना विद्यार्थीहरु लाई स्विटर वितरण गरेको छ । जाडोमा न्यानो कपडाको अभावमा बालबालिकाहरुलाई विद्यालयमा आउन असहज नहोस् भन्नका लागी आर्थिक रुपमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण अभियान थालेको वडा अध्यक्ष काशीराम श्रेष्ठले बताए ।

कार्यक्रममा बोर्ड सदस्य कल्पना पोख्रेलले सामुदायिक विद्यालयमा राज्यले ठुलो लगानी गरेकाले गुणस्तरीय शिक्षा दिन शिक्षकलाई आग्रह गरिन् । विद्यालयककी प्रअ लक्ष्मि मल्लले जाडो को कारण विद्यार्थीकहरुको उपस्थिति विद्यालयमा न्युन रहेको बताईन् ।  साथै सोही अवसरमा वडा सदस्य लालबहादुर थापाले विद्यालयलाई फोटोकपि मेसिन प्रदान गरेका थिए ।

यसैबीच अमरापुरीमा रहेको जनसेवा प्राथमिक विद्यालयमा पनि ५३ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । विद्यालयकी प्रअ शारदा थापा अधिकारीले वडा कार्यालयले गरेको सहयोगमा विद्यालयलाई केही सहज भएको बताइन् ।

वडा कार्यालयलाई नगरपालिकाबाट विनयोजन भएको लक्षित वर्ग बजेटबाट  दुई वटा विद्यालयमा स्विटर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.