वडा नं १८ मा उद्घोषण र प्रस्तावना लेखन तालिम शुरु

पोखरा, २४ चैत

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाल मनको विकासबाट नै सामाजिक विकास सम्भव हुने बताएकी छन् । पोखरा महानगरपालिका वडा नं १८ को आयोजनामा सराङकोटमा आयोजित उद्घोषण तथा प्रस्तावना लेखन सम्बन्धि एक हप्ते तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले तालिमले आत्मविश्वास प्रदान गर्ने बताइन् । उनले तीन तहको सरकार गठनसँगै सामाजिक जागरणका कार्यहरु हुँदै गएको भन्दै अब व्यत्तित्व तथा नेतृत्व विकाससँगै निर्णायक तहमा महिला पुग्नु पर्ने धारणा राखिन् ।

वडा अध्यक्ष रण बहादुर थापाले महिला विकासको लागि वडा प्रतिवद्ध रहेको बताए । उनले महिलाको सशक्तिकरणकालागि विभिन्न चरणमा लक्षित महिलालाइ सीप मुलक र क्षमता अभिवृद्धि तालिम प्रदान गरिरहेको बताए । कार्यक्रममा नेकपा नेता पुस्कल थापा, टिकाराम तिमिल्सिना, नेपाली काँग्रेसका वडा नं १८ का सभापति शिव प्रसाद तिमिल्सिना लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरे ।

वडा सदस्य एवंं कार्यक्रम संयोजक भोजकुमारी थापाले महिलाको नेतृत्व विकासको अभावमा विभिन्न समस्या भोग्नु परेको भन्दै नेतृत्व विकास र विभिन्न कार्यक्रमको लागि प्रस्तावना लेखन तालिमको आयोजना गरेको बताइन् ।

सञ्चारिका समुह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्माले उद्घोषण र नेतृत्व विकासको तालिम सहजिकरण गर्नेछिन् भने बलराम तिमिल्सिना र इन्द्र कुमारी थापाले प्रस्तावना लेखन तालिमको सहजिकरण गर्ने कार्यक्रममा वडा सदस्य सरला नेपालीले जानकारी दिइन् । तालिमा वडाका २८ वटा आमा समूहका अध्यक्ष एवं प्रतिनिधि सहित ४५ जनाको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.