वडा नम्बर ८ का गतिविधी डकुमेण्ट्रीमा

पोखरा, ४ असार

पोखरा महानगरपालिका वडा नम्बर ८ ले आफ्नो वडाका गतिविधी समेटेर तयार पारेको डकुमेण्ट्री सार्वजनिक गरेको छ । वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले मंगलबार सेवाग्राहीहरुका माझ रिमोट बटन थिचेर टेलिभिजन सुरु गर्दै उक्त डकुमेण्ट्रीको औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । डकुमेण्ट्रीको सार्वजनिक गर्दै वडाध्यक्ष बरालले डकुमेण्ट्रीले वडावासी र जनप्रतिनिधीविच सेतुको काम गर्ने आशा व्यक्त गरे । उक्त डकुमेण्ट्री वडाले हरेक दिन कार्यालय समय अवधिभर प्रशारण गर्नेछ ।

डकुमेण्ट्रीमा वडा ८ मा निर्वाचित जनप्रतिनिधी आइसकेपछि भएका भौतिक विकास तथा सामाजिक क्षेत्रमा सम्पन्न विभिन्न गतिविधीहरु समेटिएको छ । त्यसैगरि वडाले दिने सेवाका बारेमा पनि सेवाग्राहीलाई जानकारी गराइएको छ ।

झण्डै आधा घण्टा लामो डकुमेण्ट्रीमा वडावासीले जनप्रतिनिधीबाट गरेका अपेक्षा, वडाबासिकै विश्लेषणमा जनप्रतिनिधी, वडा स्थित अन्य राजनीतिक दलका पदाधिकारीहरुले गरेको टिप्पणी लगायतका सामग्रीहरु समेटिएका छन् । त्यसैगरि वडा भित्र भइरहेका तथा योजनामा रहेका महत्वपूर्ण कार्यक्रमका बारेमा पनि अवगत गराइएको छ । पत्रकार विनोद लामिछाने र महेश क्षेत्रीले उक्त डकुमेण्ट्री तयार पारेका हुन् ।

You might also like

Comments are closed.