वडा नम्वर १३ मा मेलमिलाप केन्द्र, मेलमिलाप मार्फत विवाद समाधान गर्न केन्द्र : उपप्रमुख गुरुङ

 

पोखरा, १३ पुस ।

वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १३ मा मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो । पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् । उनले अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रुपमा पर्ने ब्यवहारलाई कम गदै स्थानिय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको बताइन । विवाद अदालतमा पुग्दा नागरिकले लामो समय पर्खनुपर्ने र आर्थिक रुपमा बोझ हुने भएकाले स्थानिय तहबाट छिटो र मेलमिलाप मार्फत विवाद समाधान गर्दा समाजमा पक्ष विपक्ष दुवैले जित्ने भएकाले न्यायिक समिति र मेलमिलापक केन्द्र परिकल्पना संविधानले गरेको बताइन् ।उनले वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् ।

विवादका पक्ष र विपक्ष दुवैलाई छलफलको माध्यमबाट विवाद समाधान गदै मेलमिलाप गराउने हो उनले भनिन, ‘न्यायिक समितिले दुवैलाई जिताउने गरि विवादको समाधान खोज्ने छ । त्यही अनुसार मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।’

वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको जिम्मामा आएको बताइन् । महानगरको न्यायिक समितिले सुचिकृत गरेको मेलमिलापकर्तामा वडा नम्वर १३ बाट १३ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् । वडा नम्वर १३ का अध्यक्ष दर्शन लामाले समाजमा विवाद गरेर भन्दा मिलेर बस्नुपर्ने बताउदै सकेसम्म विवाद वडा तहसम्म आउन दिन आग्रह गरे । उनले भने, ‘विवाद वडासम्म आउने अवस्था नहोस आएपनि मेलमिलाप मार्फत विवाद समाधान होस ।’कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङ र वडा अध्यक्ष लामाले हस्तान्तरण गरे ।

वडा नम्वर १३ का अध्यक्ष दर्शन लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कृष्णकुमारी गुरुङले स्वागत गरेकी थिइन् । न्यायिक समितिले यसअघि वडा नम्वर ७ र ३० मा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने पुस १८ गते वडा नम्वर २१ मा केन्द्र स्थापना गर्ने तयारी गरेको न्यायिक समिति सदस्य किशोर बरालले जानकारी दिए ।

You might also like

Comments are closed.