वडा नम्वर २१ मा मेलमिलाप केन्द्र

आर्थिक आवाज
पोखरा १८ पुस । पोखरा महानगरपालिकाको न्यायिक समितिको कामले तिव्रता पाएको छ । न्यायिक समितिको गठन, कार्यविधिको अभावमा काम गर्न नपाएको समितिले महानगरमा न्यायिक इजलास, मेलमिलापकर्ता सुचिकृत र मेलमिलाकर्ता मार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेपछि अहिले वडा वडामा मेलमिलाप केन्द्र स्थापनालाई तिव्रता दिएको छ ।

वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले महानगरका वडाभित्र मेलमिलापक केन्द्र स्थापना गरिएको छ । न्यायिक समितिले बुधबार पोखरा महानगरपालिका वडा नम्वर २१ मा मेलमिलापक केन्द्र स्थापना गरेको हो ।

पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् । उनले वडा तहका विवादलाई तत्काल समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । सवै विवाद महानगरमा आउने नपरोस् वडाबाटै विवाद समाधान होस भन्ने उद्देश्यले केन्द्र स्थापनालाई जोड दिइएको समेत गुरुङको भनाइ थियो ।

उनले अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रुपमा पर्ने भार कम गदै स्थानिय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानले गरेको बताइन् ।
विवादका पक्ष र विपक्ष दुवैलाई छलफलको माध्यमबाट विवाद समाधान गदै मेलमिलाप गराउने हो, उनले भनिन ‘न्यायिक समितिले दुवैलाई जिताउने गरि विवादको समाधान खोज्ने छ । सोही अनुसार मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।’
वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको भएको उनले बताइन् । महानगरको न्यायिक समितिले वडा नम्वर २१ मा १० जना मेलमिलापकर्ता सुचिकृत गरेको छ ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका अधिकार क्षेत्र, मेलमिलापकर्ता छनोट लगायतका बारेमा जानकारी दिएका थिए । वडा नम्वर २१ का अध्यक्ष खगराज आचार्यले कानुनभित्र रहेर न्याय सम्पादन गर्नुपर्ने बताउदै पक्ष, विपक्ष र समाज सबैले जितको महसुस गर्ने गरि मेलमिलाप गर्नुपर्ने बताए । उनले पक्ष र विपक्षले मात्रै जितेर नहुने भन्दै विवादका पक्ष र विपक्ष सहित समाज मिल्नुपर्ने बताए ।

कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङ र वडा अध्यक्ष खगराज आचार्यले हस्तान्तरण गरे ।
वडा नम्वर २१ का अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता हर्कबहादुर रेग्मी, पूर्व गाविस अध्यक्ष कमलमोहन पौडेल लगायतले वडाका विवाद मिलाउन तयार रहेको बताएका थिए भने कार्यक्रम संचालन महानगरका कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।

न्यायिक समितिले यसअघि वडा नम्वर ७, ३० र १३ मा मेलमिलाप केन्द्र स्थापना गरिसकेको न्यायिक समिति सदस्य पार्वती कार्कीले जानकरी दिइन् । उनका अनुसार तिन जना भन्दा बढि भएका वडामा पहिलो चरणमा मेलमिलापक केन्द्र स्थापना गरिने र नभएका वडामा दोश्रो चरणमा गरिनेछ ।

You might also like

Comments are closed.