वडा नम्वर २९ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा २९ पुस ।
पोखरा महानगरपालिका वडा नम्वर २९ मा आइतबार मेलमिलाप केन्द्र स्थापना गरिएको छ । केन्द्रको मेलमिलाप केन्द्रको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप्रपमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलापले टोल, छिमेक र समाजमा सद्भाव कायम गदै समतामुलक समाज निर्माणमा भुमिका खेल्ने बताइन् । उनले मेलमिलापमार्फत विवाद समाधान गर्दा वडामा शान्ति स्थापना हुने बताइन् । वडाका तह विवाद वडामै समाधान गदै अदालतको झन्झटिलो प्रक्रियाको अन्त्य गदै सहज र सरल रुपमा विवादको निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताइन् ।

न्यायिक समितिका सदस्य पार्वती कार्कीले विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले संविधानले न्यायिक समितिको ब्यवस्था अनुसार केन्द्र स्थापना गरेको जानकारी दिदै मेलमिलापकर्ताको सुचिकृत, मेलमिलापकर्ताको भुमिका लगायतका बारेमा स्पष्ट पारेकी थिइन् ।

वडा नम्वर २९ का अध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलमिलापकर्ता शिवमणी भटराई र नेपाली काँग्रेसका प्रतिनिधि दिपकमणी भण्डारीले बोलेका थिए । कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् ।
मेलमिलाप मार्फत विवाद समाधान गर्ने उद्देश्यले पोखरा महानगरको न्यायिक समितिले पोखरा महानगरका आठ वटा वडामा मेलमिलापक केन्द्र स्थापना गरिसकेको छ ।

You might also like

Comments are closed.