वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालको प्यानलबाट अन्य उपाध्यक्षमा तिवारी, श्रेष्ठ र संघईको उम्मेदवारी

हाम्रो टिम अनुभवले भरिएको छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानल सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच ढकाल प्यानलबाट अन्य उपाध्यक्षहरुको उम्मेदवारी प्रस्तुत गरिएको हो ।

ढकालको प्यानलबाट जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी सार्वजनिक गरेका हुन् । ढकालले ४ महिना अगाडि नै आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका थिए ।

उम्मेदवारी सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो टिम अनुभवले खारिएकाले देशभरका उद्योगी व्यवसायीहरुको मन जित्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो यो टिम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ,’ उनले भने, ‘टिममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ ।’ गाउँ, जिल्लादेखि नीतिगत तहसम्म आफ्नो समूहको पहूँच रहेको ढकालले बताए । आगामी साउन २६ र २७ गते हुने महासंघको ५४औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

You might also like

Comments are closed.