वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधन

काठमाडौं, ४ असार । पित्त नलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५ः३५ बजे निधन भएको छ ।

बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । पछिल्लो समय रोगले च्याप्दै लगेपछि ६३ वर्षीय देवकोटाको अधिकांश अंगले काम गर्न छाडेको थियो ।

नेपालको न्यूरो सर्जरी सेवाको विस्तार र विकासमा उनको योगदान महत्वपूर्ण छ । उनी पूर्व स्वास्थ्य मन्त्रीसमेत हुन् ।

You might also like

Comments are closed.