वर्कसप खोल्दै हुनुहुन्छ ? यी ९ कुरामा ध्यान दिनुहोस्

काठमाडौं । नेपाल अटोमेकानिक्स व्यवसायी संघले आफ्ना सदस्यहरुले वर्कशप संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरु सुझावको रुपमा सार्वजनिक गरेको छ ।

लकडाउन केही खुकुलो बनाएर वर्कशप समेत खोल्न पाइने भएता पनि कोरोना भाइरसको संक्रमणबाट बच्न संघले आफ्ना सदस्यहरुका लागि सो जानकारी सार्वजनिक गरेको हो ।

संघले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका ९ बुँदाहरु यस प्रकार छन्ः

१, सर्वप्रथम आफू सुरक्षित होऔं र आफ्नो काम गर्ने वातावरण सुरक्षित गराऔं ।

२, प्लाष्टिक र स्टिलजन्य बस्तुहरुमा कोरोनाका जिवाणुहरु ७२ घण्टासम्म जीवित रहने हुनाले उक्त अवधि पछि मात्र वर्कशपमा सवारी साधन मर्मत गर्ने वा पूर्णतया निर्मलीकरण गर्ने वा सेनिटाइज गरेर मात्र मर्मत गर्ने गराउने ।

३, काम गर्दा मास्क, पञ्जा, हेलमेट, प्लाष्टिक बुट तथा डाङ्ग्रीको अनिवार्य रुपमा प्रयोग गर्ने गराउने ।

४, काम सकिएपछि अनिवार्य रुपमा औजारहरुको सेनिटाइज गर्ने तथा सावुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, गराउने ।

५, सवारी साधन मर्मत गर्दा सामाजिक दुरीको पालना गर्ने गराउने, पाँच जनाभन्दा बडी व्यक्तिहरु जम्मा हुन नदिने ।

६, अनावश्यक व्यक्तिहरुलाई वर्कशपमा जम्मा हुन नदिने ।

७, सकेसम्म नाक, मुख, आँखामा हातले नछुने ।

८, विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयद्वारा जनहितमा जारी गरिएको कोरोना भाइरसको संक्रमण सम्बन्धी सुरक्षाका नियमहरु पूर्ण पालना गर्ने गराउने ।

९, वर्कशपमा आउँदा जाँदा आफ्नो अटो मेकानिक्स परिचय पत्र अनिवार्य रुपमा बोक्ने ।

You might also like

Comments are closed.