‘वर्डक्याम्प पोखरा–२०१८’ को तयारी पूरा

वर्डप्रेस पोखराको आयोजनामा पोखरामा पहिलो पटक हुने ‘वर्डक्याम्प पोखरा–२०१८’ को तयारी पूरा भएको छ।

सन् २०१२ देखि प्रत्येक वर्ष काठमाडौंमा आयोजना हुँदै आएको वर्डक्याम्प राजधानी बाहिर पोखरामा पहिलो पटक हुने भएको छ।

विश्वमा निर्माण हुने वेवसाइटको ३० प्रतिशत बढी वेबसाइट वर्डप्रेस प्रयोग गरी बनाइने र कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेकोले यसका बारेमा वृहत् चर्चा परिचर्चाका लागि क्याम्प आयोजना गर्न लागिएको डिजाइन संयोजक निरज पुनमगरले बताए।

सामुुदायिक हितका लागि आयोजना हुने यस्ता वर्डक्याम्पबाट व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति, कम्पनी, प्रशासन, विद्यालय, कर्मचारीतन्त्र, शिक्षण क्षेत्र, पत्रकारिता क्षेत्र, पर्यटन क्षेत्र र हरेक व्यक्ति तथा व्यवसायिक संस्थाले लाभ लिन सकिने संयोजक पितमबहादुर सेनले बताए।

उक्त क्याम्पमा राष्ट्रिय अन्तर्राष्ट्रिय गरी १७ जनाले सहजीकरण गर्ने भएका छन्। जसमा विशेष आकर्षणका रुपमा भारतको गुगल सर्च क्वालिटी टिमकै विज्ञ आशेश मरिनाले ‘म्यानेजिंग योर अनलाइन प्रिजेन्स अन गुगल सर्च’ विषयमा र अभिषेक देशपाण्डेले ‘मोर्डन वर्डप्रेस डेभलपमेन्ट इन्भारमेन्ट’ विषयमा सहजीकरण गर्ने भएका छन्।

यस्तै जापानका ताकायुकी मियाउचीले ‘उइ लभ अटोमेसन : एण्ड इन्टोक्सन टु डब्लु पी सिएलआइ’ विषयमा र बंगलादेशका मिजानुर रहमन मिजानले ‘कन्ट्रिबियुट टु दी वडप्रेस रिप्रोजेटरी इन अ स्मार्ट वय’ शीर्षकमा सहजीकरण गर्ने वक्ता छनौट समितिका संयोजक विप्लव सुवेदीले जानकारी दिए। यी बाहेक पोखराका सात जना र अन्य काठमाडौंका विज्ञले सहजीकरण गर्ने मिडिया संयोजक सुनिल पाण्डेले बताए।

क्याम्प सञ्चालनका लागि कुल लागत १० लाख लाग्ने फाइनान्स संयोजक प्रतिमा शर्माले जानकारी दिइन्। कार्यक्रमका लागि उकमर्स, जेटप्याक, वेवपेज नेपाल, थिमम, गोड्याडी, डब्लुपिड्रिजल, योष्ट एकेडेमी, ब्लु होस्ट, डब्लुपी इआरपी, नेपकम्स सर्भिसेस, डब्लुपी ट्राभल, कोड पिक्सेल्ज मिडिया, पिकप्लगइन्स, डब्लुपी फ्याक्ट्री, स्क्यानसफ्ट विल्डर्स, उर्जा ल्याब, डिजाइन्स नेपाल क्रियटिभ सोलुसन, एक्स एल सफ्टटेक, स्तुपा टेक्नोलोजी, मण्डला आइटी सोलुसन्स र स्टिकरम्युललगायतका संस्थाले प्रायोजन गरेको प्रायोजक व्यवस्थापन संयोजक निशाल गुरुङ बताउछन्।

कार्यक्रम सम्पन्न पार्न पितमबहादुर सेनको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।क्याम्प सहभागी हुन पाँच सय बढीले दर्ता गराइसकेको र होटल पोखरा ग्राण्डको दुई वटा हलमा एकै समयमा शनिवार बिहान आठ बजेबाट नेपाली र अंग्रेजी गरी दुई भाषामा कार्यक्रम शुरु हुने स्वयमसेवक संयोजक अनिस उप्रेती बताउछन्। क्याम्पमा प्रस्तुत गरिएको विषयवस्तुलाई तत्कालै वेवसाइटमा व्यवस्थापन गर्नका लागि सुवास कुँवरलाई संयोजक तोकिएको प्रचारप्रसार संयोजक सिर्जना थापाले जानकारी दिइन्।

You might also like

Comments are closed.