वर्दिया–पोखरा सम्पर्क मञ्चको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः नयापत्रिकाका पौडेल

पोखरा, २३ माघ
वर्दिया पोखरा सम्पर्क मञ्चको अध्यक्षमा नयाँ पत्रिका कर्मी दिपक पौडेल चयन भएका छन् । विभिन्न पेशा व्यवसाय र काम विशेषले पोखरा आएर वसेका वर्दियावासीको वृहत वनभोज तथा अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा सुर्य सापकोटा र द्धितिय उपाध्यक्षमा रुपक गौतम चयन गरेको छ । यस्तै अधिवेशनले महासचिव, सचिव र कोषध्यक्ष र सहकोषध्यषमा क्रमशः प्रदिप पौडेल, सुरेशराज सुवेदी, विकास अधिकारी र पुष्पा मराशिनी आचार्यलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा शान्ती त्रिपाठी, केशवराज पौडेल, प्रभा चौधरी, हेमराज चालिसे, शिशिर कंडेल र रोश्तिका सापकोटालाइृ चयन गरेको छ । समितीको पहिलो वैठकले वाकी दुई सदस्यलाई चयन गर्ने निर्वाचन कमिटीका संयोजक नवराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका प्राध्यापक डाक्टर दयाराम पोख्रेलले संस्थालाई राजनीतिक आस्था भन्दा पनि सवैलाई समेटेर अगाडी वढ्न अनुरोध गरे । उनले वर्दियावाट आएका सवै एक भएर संस्थागत हितमा लागेमा मात्रै देश समृद्धीको वाटोमा लाग्ने धारणा राखे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पौडेलले वर्दियावाट पोखरा आएर वसेकाहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने प्रतिवद्धता जनाए । आपसी भाईचारको सम्वन्ध विकास गर्न र संस्थागत रुपमा काम गर्न सकेमा पोखरामा वर्दियालाई राम्ररी चिनाउन सकिने पनि धारणा राखे । वर्दियामा रहेका सवै पर्यटकीय स्थलहरुका वारेमा पोखरामा वृहत प्रचारप्रसार गरी आन्तरिक पर्यटको विकासमा विशेष योगदान दिने पनि भेलाले एकमतमा निर्णय गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार वर्दियावाट पोखरा आएर वसेका वर्दियालीको संख्या करिव आठ हजार रहेको पनि अधिवेशनमा जानकारी दिईयो ।

एक सय ५० जना उपस्थित रहेको कार्यक्रममा पश्चिम नेपाल विकास मञ्चका सल्लाहकार तथा पर्यटन व्यवसायी गोपाल प्रसाद भुषाल, पर्यटन व्यवसायी नवराज अधिकारी, हरिशचन्द्र अधिकारी, जिवन धामी, शिरिष कंडेल लगाएतले कार्यक्रमका वारेमा आफ्नो धारणा राखेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...