वहिरालाई निःशुल्क होटल तालिम को समापन

आर्थिक आवाज
पोखरा, १ पुष ।

फरक क्षमता भएका व्यक्तीलाई लक्षित गरेर सुशी होटल ट्रेनिङ सेन्टरले निःशुल्क तालिमको आयोजना गरेको छ । होटल ट्रेनिङ सेन्टरले वहिरा व्यक्तीलाई सिप सिकाउने उदेश्यले तालिमको आयोजना गरेको हो । १ महिना सम्म संचालित उक्त तालिमको शुक्रवार समापन गरिएको छ ।

तालिम केन्द्रका संचालक दिनेश कुवँर को अध्यक्षता तथा कादुरी च्यारिटेवल फाउण्डेसनका नेपाल प्रतिनिधी यम गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तालिमको समापन गर्दै गुरुङले ट्रेनिङ सेन्टरले वहिरालाई समेटेर कार्यक्रम गरेकोमा प्रशंसा गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने र आफुले सहयोग गर्ने बताए । होटल व्यवस्थापनका लागि आवस्यक पर्ने सिप तालिममा सिकाइृएको छ । कुक, वेटर, हाउसकिपिङ लगायतका कोर्षलाई तालिममा समेटिएको थियो ।

कार्यक्रममा वोल्दै पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले वहिरालाई पोखरामा रोजगारीको लागि होटल संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


गोर्खा वहिरा संघका अध्यक्ष रामकुशल पन्तले कार्यक्रमले यस क्षेत्रमा राम्रो प्रभाव पारेको बताए । साथै गोरखा सानो क्षेत्र भएकोले पोखरामा कार्यक्रम गरेको बताए । साथै शुसी होटललाई धन्यवाद दिए ।

कार्यक्रममा गण्डकी वहिरा संघका अध्यक्ष जमानसिह गुरुङ,मनकामना वहिरा विद्यालय व्यवस्थापन समिती का अध्यक्षखडानन्द रेग्मी, जेएलसिसीका संचालन मोतीप्रसाद श्रेष्ठ, सिविआरएस पोखराका प्रतिनिधी कृष्ण लामिछाने लगायतले बोलेका थिए ।

सिप सिकेर केही गर्न सकुन् भनेर तालिमको आयोजना गरिएको संचालक दिनेश कुवँरले जानकारी दिए । साथै तालिममा सहभागीहरु सवै तालिम पश्चात पोखराका विभिन्न होटलमा काम मा लागेको कुवँरले बताए । तालिममा गोरखा, स्याङ्जा, कास्की लगायतका जिल्लाबाट करिव २५ जनाको सहभागिता रहेको छ ।

footwear exchange
You might also like

Comments are closed.