वाइडबडी खरिदको विषयमा अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं, १९ पुस । वाइडबडी विमान खरिदका विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा आयोग गठन भएको हो ।

आयोगका सदस्यमा पूर्वनायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा छन् । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोग बनाएको हो ।

You might also like

Comments are closed.