काठमाडौं, १८ पुस । बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश गरेको छ । बुधबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले ५२ पेजको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, पूर्वमन्त्री, सचिव पूर्वसचिवहरु, निगम सञ्चालक समतिका सदस्यहरु, महाप्रवन्धक लगायतलाई कारवाही गर्न सिफारिस गरिएको छ । उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रस्टाचार भएको ठहर गरेको छ ।
Comments are closed.