वाइड बडीका सन्दर्भमा लेखा समितिकै प्रतिवेदन जस्तो प्रचार गरियो : रक्षामन्त्री पोखरेल

आर्थिक आवाज
पोखरा, २१ पुस । सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडीका सन्दर्भमा लेखा समिति अन्तर्गत बनाइएको उपसमितिले जारी गरेको फैसलालाई फूल समितिले जारी गरेजस्तो प्रचारप्रसार गरिएको बताएका छन् । प्रतिवेदन बदनियतपूर्ण छैन भन्न नसकिने उनलेे बताए ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टीको सरकारलाई बद्नाम बनाउने उद्देश्यले प्रतिवेदन आएको भए प्रतिवाद गरिने बताए ।

अर्को प्रसंगमा उनले सरकार मात्रै होइन सिस्टम परिवर्तन भएको बताएका छन् । संविधानमा नयाँ प्रणाली सुरू भएको तर नयाँ नियम कानुन निर्माण नभइसकेको अवस्था रहेको उनलेे बताए । सकेसम्म फागुनसम्म र नभए चैत भित्र एेन कानुन निर्माण सकिने उनलेे बताए ।

You might also like

Comments are closed.