वाइवाइ मिसेस कल्चरको फाइनल शनिबार

पोखरा ४, फागुन । पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल २०७४ को फाइनल शनिबार पोखरा सभागृह हलमा हुने भएको छ । कार्यक्रममा १७ जना प्रतिस्पर्धीबीच फाइनल प्रतिस्पर्धा हुने र समाजमा क्रियाशील आमा समूहहरूको सम्मान समेत रहेको संस्थाकी अध्यक्ष शोभा गौतमले बताइन् ।

गत पुस महिनाबाट सुरू गरिएको कार्यक्रममा विभिन्न तालिम प्रदान गर्दै विभिन्न चरणहरूमा छनोट गराउँदै प्रतिस्पर्धीहरूलाई फाइनल राउण्डमा प्रवेश गराएको हो । फाइनल कार्यक्रमको दिन प्रतिस्पर्धीहरूले विभिन्न जातजातिका भेषभूषाहरू प्रदर्शन गर्ने आयोजकले जानकारी दिएको छ ।

You might also like

Comments are closed.