पोखरा १८, माघ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजना गर्न गइरहेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल २०७४ को फाइनल कार्यक्रममा १७ जना प्रतिस्पिर्धीहरू प्रवेश गरेका छन् ।
वाइवाइ चाउचाउको मुख्य प्रायोजन साथै सोना टोव्याकोको विशिष्ट प्रायोजन र नेपाल आइस वियर, स्पानेल इन्ष्टिच्यूटको सह–प्रायोजनमा हुने उक्त कार्यक्रमको फाइनलको यही फागुन ५ गते शनिबार पोखरा सभागृहहलमा हुने आयोजकले जनाएको छ । गत पुस महिनाबाट सुरू गरिएको उक्त कार्यक्रममा विभिन्न चरणहरू पारगर्दै प्रतिस्पर्धिहरूलाई फाइनल राउण्डमा प्रवेश गराएको र फाइनल कार्यक्रमको दिन प्रतिस्पर्धीहरूले विभिन्न जातजातिका भेषभूषाहरू प्रदर्शन गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको विजेताले भिजि अटो मोवाइलको सुजुकी स्कुटर र उप–विजेताले सिजि ब्राण्डको टिभि प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक शोभा गौतमले बताइन् ।
Comments are closed.