वाइवाइ मिसेस कल्चरको सह–प्रायोजकमा नेपाल आइस

पोखरा २३, माघ ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजना गर्न गइरहेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल २०७४ लाई सि.जि. ब्रुअरी नेपाल प्रालिले सह–प्रायोजन गर्ने भएको छ ।

पोखरामा सोमबार एक कार्यक्रमका बीच सि.जि. ब्रुअरी नेपालका रिजनल म्यानेजर मनोज घिमिरे र पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि. अध्यक्ष शोभा गौतमले सह–प्रायोजन सम्झोतामा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै घिमिरेले महिलाहरूको व्यक्तित्व, नेतृत्व विकासको साथै आफ्नो संस्कृतिलाई जर्गेना गर्ने कार्यक्रमको उद्देश्य भएकोले नेपाल आइसले सह–प्रायोजन गरेको बताए ।

नेपाल आइसले विगत लामो समयदेखि पुष्पाञ्जलीले गर्ने हरेक कार्यक्रममा कुनै न कुनै रूपमा सहयोग गरेकोमा आफुहरू आभारी रहेको अध्यक्ष गौतमले बताइन् । उनले जे उद्देश्यका साथ नेपाल आइसले सह–प्रायोजन गरेको छ उक्त उद्देश्य प्रति पुष्पाञ्जली सधंै प्रतिवद्ध रहने बताइन् । यहि फागुन ५ गते पोखरा सभागृह हलमा फाइनल समारोह हुने कर्याक्रम संयोजक दिनेश शर्माले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.