वाणिज्य उपाध्यक्षमा प्रजापती र पौडेलको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

आर्थिक आवाज
पोखरा, १६ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी असोज ५ र ६ गते हुने ३२औं महाधिवेशन मिति नजिकिएसँगै उम्मेदवार सार्वजनिक हुने क्रम बढेको छ । महाधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्षमा यमनाथ पौडेलको उम्मेदवारी सार्वजनिक भएको छ ।

अध्यक्षका उम्मेदवार दामु अधिकारी प्यानलबाट उनले उम्मेदवारी दिनेछन् । यस अगाडि उनको ठाउँमा देवकृष्ण काफ्लेले उम्मेदवारी दिने चर्चा चलेपनि पौडेलले उम्मेदवारी दिने निश्चित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार रवीन्द्रबहादुर प्रजू प्यानलबाट वाणिज्य उपाध्यक्षमा पवन प्रजापतीले उम्मेदवारी दिदैछन् । उनी वरिष्ठ उपाध्यक्षका आकांक्षी भएपनि प्यानल मिलाउने क्रममा वाणिज्य उपाध्यक्षमा झर्न तयार भएका हुन् ।

You might also like

Comments are closed.