पोखरा । राष्ट्रिय वाणिज्य बैंक लि. गण्डकी प्रादेशिक कार्यालय पोखराले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रादेशिक कार्यालय प्रमुख ऋषिराम ढकालले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी बैंकले पोखरा महानगरपालिकालाई राहत बितरणमा सहयोग पुर्याउन १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना जोखिम कम गर्न तथा राहत वितरण गर्न उक्त रकमले थोरै भएपनि योगदान पुर्याउने विश्वास ढकालले व्यक्त गरेका छन् ।
Comments are closed.