वाराही टाउनद्वारा डेंगु सचेतना कार्यक्रम

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउन र तमु धि महिला केन्द्रीय कमिटीको संयुक्त आयोजनामा पोखरामा डेंगु रोग सम्बन्धी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय पोखरामा डेंगु रोग बढेकाले सचेतना कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी)ले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले सामाजिक सचेतनाको अभियानमा लायन्स क्लबहरुको सक्रियता बढ्नु राम्रो भएको बताए । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक फुल्देव तिमिल्सिनाले डेंगु रोगका लक्षण, बच्ने उपाय लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

क्लबका अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी)को अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख शिवराज आचार्य, रिजन चियरपर्सन लक्ष्मी बराल, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको संयोजन सचिव एन्सोभा गुरुङ र निर्देशक गंगा शर्मा केसीले गरेका थिए । कार्यक्रमबाट ६० जना महिला लाभान्वित भएको सचिव एन्सोभा गुरुङले जानकारी दिइन् । सोही अवसरमा दसैं तथा तिहारको शुभकामना आदानप्रसान समेत गरिएको थियो ।

You might also like

Comments are closed.