वाराही मा वि सेनेटरी प्याड युक्त घोषणा

पोखरा,१३ मंसिर । वाराही माध्यामिक विद्यालय सेनेटरी प्याड युक्त विद्यालय घोषणा भएको छ । विद्दालयमा यसभन्दा अगाडि नै प्याडको व्यवस्था भएतापनि शौचालयमा व्यवस्थापन गरिएको थिएन ।

वडा नं ५ को सहयोगमा शौचालयमा निशुल्क व्यवस्थापन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष धनवहादुर नेपालीले वडा भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुलाइ सेनेटरी प्याड युक्त वनाउने प्रतिवद्दता जाहेर गरे ।महानगर पालिकाका प्रवक्ता समेत रहेका नेपालीले महानगरपालिकाका शैक्षिक संस्थाहरुलाइ नै सेनेटरी प्याड युक्त वनाउने अभियान थालनि गर्ने वताए । साथै मंसिर १७ गते वडामा अन्तरकृया तथा सेनेटरी प्याड वितरण कार्यक्रम आयोजना गरिएको समेत जानकारी गराउदै यस अभियान थालनी गरेकोमा अभियन्ता सुष्मा पौडेललाइ धन्यवाद दिए ।

पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले सेनेटरी प्याड युक्त शैक्षिक संस्था घोषणा गर्ने अभियानमा सहयोग गर्न सम्पुर्ण स्थानिय तह तथा विद्यालय व्यवस्थापन समिति संग अनुरोध गर्दै अभियान थालनि गर्नुपर्ने विषयमा सहजिकरण गरेकी थिइन्। ।

कार्यक्रममा वडा महिला सदस्य अञ्जु केसीले स्वागत तथा विद्यालयका प्र.अ शिवप्रसाद भण्डारीले धन्यवाद ज्ञापन तथा कार्यक्रमकोे सञ्चालन वडा सदस्य हरिमाया विश्वकर्माले गरेका थिए ।

You might also like

Comments are closed.