वार्षिकोत्सवको अवसरमा जनता बैंकको सामाजिक काम

आर्थिक आवाज
पोखरा, २३ चैत । जनता बैंक नेपाल लिमिटेडले सामाजिक काम गरी वार्षिकोत्सव मनाएको छ । स्थापनाको दशौं वर्ष प्रवेशका अवसरमा बैंकको क्षेत्रीय कार्यालय पोखराले शनिबार मानव सेवा आश्रमलाई औषधीहरु सहयोग गरेको छ ।

बैंकले २५ हजार रुपैयाँ भन्दा बढीको औषधीहरु पोखराको छोरेपाटनमा रहेको आश्रमलाई सहयोग गरेको हो । बैंकका क्षेत्रीय प्रवन्धक मदनकुमार मुल्मीले आश्रमका कास्की जिल्ला संयोजक होमनाथ तिमिल्सिनालाई औषधीहरु हस्तान्तरण गरे । बैंकले सोही अवसरमा शनिबारको एक छाक खाना समेत आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खुवाएको छ ।

सामाजिक काम गरेर वार्षिकोत्सव मनाउने उद्देश्यले बैंक आनव सेवा आश्रमसम्म पुगेको मुल्मीले बताए । कार्यक्रमको सञ्चालन बैंकका पोखरा शाखा प्रमुख अरुण रानाभाटले गरेका थिए । आश्रममा ७२ जना वृद्धवृद्धाहरुले आश्रय लिइरहेको संयोजक तिमिलिसनाले जानकारी दिए ।

वार्षिकोत्सवकै अवसरमा बैंकले पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकको कार्यालय न्युरोडबाट सुरु भएको प्रभातफेरीले न्युरोड, चिप्लेढुंगा हुँदै विभिन्न स्थानको परिक्रम गरेको क्षेत्रीय प्रवन्धक मुल्मीले जानकारी दिए ।

Gepostet von Surendra Paudel am Freitag, 5. April 2019

You might also like

Comments are closed.