वार्षिकोत्सवमा पृथ्वीको सामाजिक काम

पोखरा, २३ माघ ।

पृथ्वीराजमार्ग बस सञ्चालक समितिले आफ्नो ४६ औ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक गतिविधिहरु गरेको छ । यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउने मात्र नभइ विभिन्न सामाजिक क्रियाकलापहरुलाई पनि समितिले काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न ठाउँमा पुगी रक्तदान, खाद्यान्न वितरण, सरसफाइ लगायतका सामाजिक क्रियाकलापहरु गरिएको समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।

यसैबक्रममा २१ गते चितवनको नारायणगढमा रक्तदान कार्यक्रम भएको छ । साथै २२ गते पोखरा पृथ्वीचोक ट्राफिक कार्यालय अगाडि पनि खुल्ला रक्तदान कार्यक्रम गरिएको केसीले जानकारी दिए । सामाजिक काम गर्ने सोच अनुसार रक्तदान आयोजना गरिएको अध्यक्ष ऐनकुमार साईले बताए । पोखरामा आयोजित रक्तदानमा ६५ युनिट रगत संकलन भएको छ ।

२३ गते जिरो किलोमिटरदेखि पृथ्वीचोकसम्मको मुख्य सडकमा सरसफाई गरिएको छ । समितिले वार्षिकोत्सवमा वर्षेनी सफाई कार्यक्रम गर्छ । मंगलबार नै समितिले पोखराको बाच्छेमुडा बृद्धाश्रमका आश्रित वृद्धाहरुलाई विहानको एक छाक खाना खुवाउने लगायत कार्यक्रम भएको साईले जानकारी दिए ।

वार्षिकोत्सवको मुख्य कार्यक्रम बुधबार हुँदैछ । उक्त अवसरमा उत्कृष्ट पत्रकार, कर्मचारी, घाइते लगायतलाई सम्मान गरिनेछ । साइमन पार्टी प्यालेसमा आयोजित वार्षिकोत्सवमा समितिमा आवद्ध व्यवसायी, मजदुर (चालक, कण्डक्टर तथा हेल्पर) र समितिमा स्थाई तथा अस्थाई रुपमा कार्यरत कर्मचारीहरुका सन्तती मध्येबाट २०७३ सालको एस.ई.ई र दश जोड दुईको परीक्षामा सर्वोत्कृष्ट हुने प्रत्येकबाट १÷१ जना गरि ६ जना विद्यार्थीहरुलाई र ३÷३ जना सफल व्यवसायी, असल एवं उत्कृष्ट कर्मचारी तथा चालकहरु र १ जना उत्कृष्ट पत्रकारलाई सम्मान गरिनेछ । संस्थापक अध्यक्ष स्व. हर्कवहादुर गुरुङको सम्झनामा समितिले स्थापना गरेको हर्कबहादुर गुरुङ स्मृति पुरस्कार प्रदान गरिनुका साथै भू.पू. कार्यालय प्रमुख एवं भु.पु. उपाध्यक्ष ज्ञानवहादुर केसीले स्थापना गरेको ज्ञान विद्या पदक प्रदान गरिने महासचिव केसीले जानकारी दिए ।

You might also like

Comments are closed.