वालिङमा महिन्द्रा ट्याक्टरको मेघा डेलिभरी

पोखरा, ४ माघ ।

बतास ब्रदर्श प्रालि नयाँबजार पोखराले स्याङ्जाको वालिङमा एक कार्यक्रम आयोजना गरि महिन्द्रा ट्याक्टरको मेघा डेलिभरी गरेको छ ।

शुक्रबार एकै दिनमा वालिङमा ट्याक्टर खरिद गर्नेहरु विष्णुप्रसाद कँडेल, सुदर्शन गैरे, ईश्वरकुमार श्रेष्ठ, दीपक काफ्ले र दिनेश गैरेलाई महिन्द्रा ट्याक्टरको चावी हस्तान्तरण गरिएको थियो ।
महिन्द्राका विक्री प्रवन्धक पुष्पराज बराल, महिन्द्रा शोरुम वालिङका प्रमुख मित्रलाल गैरे र एरिया ईन्चार्ज डम्बरजंग कार्कीले ग्राहकलाई चावी हस्तान्तरण गरे ।

सोही कार्यक्रममा पाँच बटा ट्याक्टर बुकिङ भएको र अन्य ब्राण्डका तीन वटा साटफेर भएको महिन्द्राका विक्री प्रवन्धक बरालले बताए ।

अरु ट्याक्टरको तुलनामा अत्यधिक माईलेज दिने र इन्टरलक सिस्टम भएकोले जस्तोसुकै हिलोमा पनि नफस्ने भएकाले गण्डकी धौलागिरी क्षेत्रमा महिन्द्राका ट्याक्टरको बजार अवस्था राम्रो रहेको बरालको भनाई छ ।

You might also like

Comments are closed.