विकासमा ओली सरकारले फड्को मार्न सकेन, ६ महिनाको पुँजीगत बजेटको खर्च निराशाजनक

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शमा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ ।

अघिल्लो वर्ष कम गर्न नसकेको भनेर आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए । प्रधानमन्त्री ओलीले यही ६ महिनामा पुँजीगत बजेट ५१ अर्ब रुपैयाँमात्र खर्च गरेका छन् । यो देउवाको तुलनामा चार अर्ब रुपैयाँमात्र बढी हो ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

You might also like

Comments are closed.