विकासमा सांसद कोइरालाको चासो, अनुगमनमा पुगे वेगनासताल

पोखरा ।
कास्की क्षेत्रनं १ (१)का प्रदेश सांसद दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिएका छन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहेका कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गरेका छन् ।

कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे । विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को कारण निर्माण सामाग्री र मजदुर ल्याउन समस्या भए आफुले सहयोग गर्ने निर्माण कम्पनीलाई बिश्वास दिलाए । अब विकासको काम गर्दैजानुपर्ने भएकोले बेरोजगार भएका मजदुरहरुलाई कामगर्ने बातावरण बनाउने तर्फ सवैलाग्नु पर्नेमा जोड दिए । सुरक्षा विधि अपनाएर श्रमिकहरुलाई काममा लगाउन निर्माण कम्पनीलाई आग्रह गरे ।

सांसद कोइरालासंगै अनुगमनमा पुगेका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बाँध निर्माण २ करोडको लागतमा हुनलागेको बताए । कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माणको काम यहि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाईछ । लकडाउनको कारण केहीदिन काममा बाधा भएपनि त्यसक्षेत्रका सांसद कोइराला सहित सवैको सहयोगले निर्माण सुचारु भएको उनको भनाइ छ । उक्त योजनाका इन्जििनियर मोहनराज आचार्यले २०४५ सालमा निर्माण भएको वेगानास ड्याम अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताए । बाँध पुरानो हुदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने (पाइपिङहुने ) आचार्यको भनाई छ । अहिले भएको पुर्ननिर्माणले ड्यामको आयु बढाउनुको साथै क्षयलाई रोक्न मदत पुग्ने बताइएको छ । सांसदकोइरालले बेगनास ड्यामलाई पर्यटकीय आर्कषणको क्षेत्र बनाइने पनि बताए ।

You might also like

Comments are closed.