विकास विज्ञान र व्यवस्थापन हो, न कि कोरा कल्पना र लहड

नेपाल जस्तो भूपरिवेष्टित भूगोल भएको देशमा सडक सवारी नै विकासको पूर्वाधार मानिन्छ । सडकले नै हो आजको युरोप भएको, अमेरिका र अष्ट्रेलिया भएको । पछि विकसित क्षेत्रले त्यसलाई रेल्वेमा परिवर्तन गर्दैछन् पनि । विकासको पनि पूर्वाधार, सामाजिक र आर्थिक रुपान्तरणको आधार बनेको नेपालको सडक र सवारी नै नेपाली र नेपालको लाइफ लाइन बनेको छ भन्दा अत्युक्ति नहोला ।

आज नेपाली राजनीतिको केन्द्रमा मात्र होइन, पहिलो विकास एजेन्डा हो सडक सञ्जाल अर्थात कनेक्टिभिटी । त्यसको उचित व्यवस्थापन अनि त्यसबाट नेपाली समाजलाई उचित प्रतिफल दिन सक्ने हो भने नेपालको विकास पनि अब टाढा छैन भन्न सकिन्छ । तर, आवश्यकताको पहिचान र प्राथमिकताको चरण भने हामी बारम्बार चुकिरहेका छौं । जस्तो कि हेटौंडाबाट २० मिनेटमा जोडिन सक्ने फास्टट्रयाकको निर्माण सुरु हुँदाहुँदै हेटौंडामा एयरपोर्टको बाजा बजाएर नागरिकलाई भुलभुलैया पार्नुहुन्न किमार्थ । लावारिस सुरुङमार्ग र समानान्तर तीन वटा सडकहरुको बेहाल पनि हामी सबैले भोगिरहेको विषय हो ।

पछिल्लो समय कनेक्टिभिटी शब्द निकै प्रयोग भएको पाउँछौं हामी । सडक कनेक्टिभिटी मूल हो नेपालको लागि । हुनतः रेलवे कनेक्टिभिटी वर्तमान भन्दा भविष्यको आधार बन्ने संकेत पनि देखा परेको छ । पञ्चायत कालमा महेन्द्रराजमार्गले व्यवस्थामात्र टिकाएन नेपालको विकासको मेरुदन्ड बन्यो । महेन्द्र राजमार्गमा परेका आसपासमा रहेका बिर्तामोड, इटहरी, धरान, चितवन, वुटवल, कोहलपुर जस्ता स्थानको विकासले त्यही प्रमाण दिएको छ ।

आज रक्सौल, काठमाडौं रेलमार्ग, केरुङ काठमाडौं, पोखरा लुम्बिनी रेलमार्ग, हुलाकी मार्ग पुष्पलाल मध्यपहाडी लोकमार्ग, चतरा सिन्धुली हेटौँडा मार्ग जस्ता सडक सञ्जाल र रेल्वे सञ्जालको जुन सुरुवात भएको छ त्यो प्रसंसनीय छ भविष्यप्रति आशावादी हुन सक्ने आधार बनेको छ । आज विकास बजेटको ठूलो हिस्सा सडक/यातायातमा लगानी हुँदैछ र निकट भविष्यमै त्यसको प्रतिफल आर्थिक सामाजिक क्षेत्रमा देखिनेछ । आज सडक यातायात ठूलो सार्वजनिक बहस र चासो मात्र होइन राष्ट्रिय गौरवका आयोजना सडक÷यातायात सम्बन्धित हुनाले यसको महत्व दर्शाउँछ ।

हाम्रो उत्पादकत्व न्यून हुनमा कमजोर र महंगा सडक सञ्जाल पनि हुन् । त्यसबाट मुक्ति हुने एउटै उपाय रेल वे सञ्चाल हो । त्यसतर्फ जानु नै अबको एक मात्रै विकल्प हो । साथै सुरुङ मार्गको निर्माण, गहरुङ्गा सवारी साधन सुहाउँदो संरचना तथा लिङ्करोड भन्दा बसाईंको पुनव्र्यवस्थापनलाई जोड दिनु पनि अर्को महत्वपूर्ण विकल्प हो । हाम्रो सांगठनिक संरचना अत्यन्तै परम्परागत, प्रतिक्रियात्मक, सतही र कागजी छ । त्यसले नयाँ चुनौति सामना गर्न गठिन छ । एउटा सानो उदाहरण हेरौं न, अरबौं रुपैँया फ्रिज गर्ने मेरो मन्त्रालयले सुर्खेत जुम्ला रोड चौडा, व्यवस्थित र सुरक्षित पार्न छोडेर स्वरोजगारका नाममा हेल्मेट लाउदै मकै गोडाउदैन थियो । विकास भनेको एउटा विज्ञान र व्यवस्थापन पनि हो । न कि कोरा कल्पना र लहड ।

गोविन्द भट्टराई

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...