विजयपुर नहर अझै बनेन, रोपाई प्रभावित

 

लेखनाथ ।

असार २६ गतेको अविरल वर्षका कारण तिन ठाँउमा भत्कीएको विजयपुर नहर समयमा नै मर्मत हुन नसक्दा किसानले समयमा नै रोपाई गर्न पाएका छैनन् ।

असारको अन्तिमसम्ममा रोपाई गरिसक्ने किसानले साउन लाग्दासम्म पनि रोपाई गर्न नपाउदा चैते धान र मकै खेती भएको खेत बाँझो हुने हो की भन्ने चिन्ताले यस क्षेत्रका किसानहरु चिन्तीत हुन् ।

पोखरा महानगरपालिका वडा नं २६,२७,२९ र ३० को करिव १२८०हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर नहरको मर्मतमा गण्डकी प्रदेश सरकार अन्तरगतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले चासो नदिदा मर्मत कार्यमा ढिलाई भएको आम किसानहरुको गुुनासो छ ।

अविरल बर्षाका कारण विजयपुर नहर खण्डको रातो पहिरोमा करिव एक सय मिटर लम्वाईको नहर भासिएको छ भने धर्तीफाँटामा करिव ४० मिटर नहर चिरिएको र कुहिरे भिरखण्डको १० मिटर नहर भत्कीएको विजयपुर नहर उपभोक्ता समितिका अध्यक्ष प्रयागराज भण्डारीले जानकारी दिए ।

भत्कीएको नहरको प्रदेश सासंद दिपक कोईराला लगाएतले स्थलगत अवलोकन गरेपनि जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलको तर्फबाट समयमा नै लागत स्टमेट ननिकालेका कारण नहर मर्मतमा ढिलाई भएको हो ।

You might also like

Comments are closed.