विजयी हुनेमा विश्वस्त छुः भण्डारी

 

ऋषिराम भण्डारी
कार्यसमिति सदस्यको उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी किन ?
बिगत २५ वर्षदेखि म व्यवसायमा आवद्ध छु । राम्रा तथा सकारात्मक कामका अनुभवका कारण मैले पोखरा उद्योग वाणिज्य संघको सदस्य पदमा उमेदवारी दिएको हुँ । व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा काम गरेको अनुभव मसँग छ । त्यो अनुभवलाई निजी क्षेत्रको छाता संस्थाको सदस्य बनेर पुरा गर्न चाहन्छु ।

सदस्य बनेपछि के काम गर्ने सोच छ ?
मैले आफूले पाएका जिम्मेवारी सहज एवं सक्रिय रुपमा पुरा गर्दै आइरहेको छु । संघमा सदस्य बनेपछि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । म पुस्तक तथा स्टेशनरी व्यवसायमा आवद्ध छु । आफ्नो व्यवसायको हित मात्र नहेरी समग्र उद्योगी व्यवसायीको समस्या सम्वोधन गर्न समन्वयकारी भुमिका खेल्नेछु । नेतृत्वलाई सफल बनाउन आफ्नो ठाउँबाट योगदान पु¥याउनेछु । विशेष गरी व्यवसायी र घरधनीको विचमा घरभाडाका विषयमा देखिने जति पनि समस्या छन् ती समस्याको समाधानको लागि सहजीकरण गर्नेछु । यससँगै उद्योगी तथा व्यवसायीका कर, भन्सार, ढुवानी लगायतका विभिन्न समस्या समाधानको लागि सक्रिय एवं सशक्त भएर लाग्नेछु ।

चुनावी अभियान सकिएको छ । कस्तो प्रक्रिया पाउनुभएको छ ?
लामो समयसम्म व्यवसाय गरेको तथा अनुभवी व्यवसायीका रुपमा मलाई आम उद्योगी व्यवसायीले बुझनुभएको छ । संघमा सक्षम व्यक्ति पठाउनुपर्छ भन्ने उद्देश्यले सम्पूर्ण व्यवसायीको साथ मलाई मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । घरदैलोका क्रममा पनि मलाई सहयोग गर्ने वाचा गर्नुभएको छ । प्रास्त साथ र सहयोगबाट म उत्साही भएको छु । अत्याधिक मतले चुनाव जित्नेमा म पूर्ण विश्वस्त छु ।

You might also like

Comments are closed.